प्रतिष्ठान र अन्तर्गतका केन्द्रहरूले सञ्चालन गर्दै आएका सिप विकास तालिमहरू

१. आधारभूत सिपमूलक तालिम (Basic Training)

  • नेपाल सरकारको स्वीकृत वार्षिक कार्यक्रम अनुसार बेरोजगार एवं योग्य प्रशिक्षार्थीलाई सञ्चालन ।
  • स्वीकृत पाठ्यक्रम अनुसार विषयगत रूपमा प्रयोगात्मक र सैद्धान्तिक विधि प्रयोग।
  • तालिम अवधिः कम्तिमा ३९० घण्टा ।
  • उद्देश्यः श्रम बजारमा प्रतिष्पर्धी सीपयुक्त जनशक्ति आपूर्ति सुनिश्चित गर्नु।

२. सिप अभिवृद्धि तालिम (Advanced Training)

  • आधारभूत तालिम प्राप्त पेशागत वा व्यवसायी व्यक्तिलाई लक्षित।
  • पाठ्यक्रमः विषयगत प्रयोगात्मक र सैद्धान्तिक विधि।
  • तालिम अवधिः पाठ्यक्रमले निर्धारण गरेबमोजिम ।
  • उद्देश्यः पेशागत दक्षता अभिवृद्धि गरी बजारमा दक्ष कामदारको आपूर्ति।

३. उद्यमशीलता विकास तालिम (Entrepreneurship Development - EDP)

  • प्रशिक्षार्थीलाई रोजगारीप्रति उत्प्रेरित र व्यवसायिक ज्ञान अभिवृद्धि ।
  • तालिम मार्फतः
  • रोजगारी प्राप्त गर्ने विधि, प्रक्रिया र उपाय सिकाउने।
  • ज्ञान, सिप र अनुभवको व्यावसायिक उपयोगिता अभिवृद्धि।
  • व्यवसायिक दक्षता र उद्यमशीलता प्रवर्द्धन ।
  • हालः अन्य ट्रेडसँग एकीकत तालिम सञ्चालन।

४. प्रशिक्षक प्रशिक्षण (Training of Trainers - ToT)

  • तालिम प्रभावकारिता अभिवृद्धि, व्यवस्थापन, योजना निर्माण, प्रतिवेदन लेखन र मूल्याङ्कनका लागि दक्ष प्रशिक्षक आवश्यक ।
  • उद्देश्यः श्रम बजारमा दक्ष प्रशिक्षकको सहज आपूर्ति।
  • सहकार्यः
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Staff College)
  • औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI)
  • प्राविधिक प्रशिक्षक प्रशिक्षण प्रतिष्ठान (TITI)

५. पूर्वप्रस्थान अभिमुखीकरण तालिम (Pre-Departure Orientation Training - PDOT)

  • वैदेशिक रोजगारीका लागि नेपाल र अन्य मुलुकबीचको श्रम सम्झौताअनुसार स्वीकृत पाठ्यक्रम ।
  • उद्देश्यः वैदेशिक रोजगारीमा जाने कामदारलाई आवश्यक सिप, ज्ञान र व्यवहारमा सुधार।