AI तालिमको आवेदन फाराम पुनः खुला भएको सम्वन्धमा।

AI तालिमको आवेदन फाराम पुनः खुला भएको सम्वन्धमा।

“Mastering AI with Effective Prompt Engineering” विषयक निःशुल्क अनलाइन तालिमका लागि आवेदन फाराम प्राविधिक कारणले पहुँच अवरुद्ध भएकोमा आज सोमबार, कार्तिक १६ गतेदेखि आधिकारिक वेबसाइटमा आवेदन फाराम उपलब्ध गराइएको छ।

आवेदन लिंक: https://shramsansar.gov.np/prompt-training-form |  आवेदन दिने अन्तिम मिति: कात्तिक १७ गते, मंगलबार, दिउँसो ३:०० बजे। पहिलो चरणमा सफलतापूर्वक आवेदन दिइसक्नु भएका आवेदकहरुको  विवरण सुरक्षित रहेकोले पुन: निवेदन नपर्ने तथा एक व्यक्तिले एक पटक मात्र आवेदन दिन समेत अनुरोध छ।

यो तालिम पूर्ण रूपमा निःशुल्क छ।युवाहरूको उत्साह र धैर्यताका लागि हार्दिक धन्यवाद।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान

कार्तिक १६, २०८३