रणनीति

सिपमूलक तथा उद्यमशीलता विकाससम्बन्धी तालिम कार्यक्रम सञ्चालन, विस्तार तथा सुधार गर्ने, श्रम बजारको माग र आवश्यकताअनुरूप दक्ष जनशक्ति उत्पादन गर्ने, तालिममा लक्षित समूहको सहज पहुँच स्थापना गर्ने, वैदेशिक रोजगारीमा गएकाहरूबाट प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहन गर्ने, वैदेशिक रोजगारीबाट फर्किएकाहरूको ज्ञान, सिप, अनुभव र पुँजीलाई उत्पादनमूलक उपयोग हुने गरी आवश्यक तालिम प्राप्त गर्ने रणनीति प्रतिष्ठानको रहेको छ। स्वदेशमा अथवा वैदेशिक रोजगारीमा सिकेको सिपलाई सक्षमताका आधारमा प्रमाणीकरण गरी श्रम बजारमा उपलब्ध गराउने रणनीति पनि रहेको छ ।