दीर्घकालीन सोच
श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सिपयुक्त र उत्पादनशील मानव संसाधनको विकास गरी रोजगारीका अवसर सिर्जना, असल श्रम सम्बन्धको विकास, बालश्रम निवारण तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै सामाजिक न्याय सहितको आर्थिक विकासमा सघाउ पुऱ्याउने प्रतिष्ठानको सोच रहेको छ । रोजगारीका अवसर सिर्जना गरी गरिबी निवारणमा योगदान पुऱ्याउने दीर्घकालीन सोच हो ।